प्रधानमन्त्री सुशीला कार्कीसँग चन्द्रागिरि नगरका मेयरसहित उपत्यका मेयर्स फोरमको भेट
थानकोट ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग सोमबार साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।
त्यसका लागि सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ थियो ।
भेटका क्रममा स्थानीय सरकार प्रमुखहरूले आफूहरूले भोगिरहेका समस्याका विषयमा पनि प्रधानमन्त्रीसमक्ष अवगत गराए । उनीहरूले आ–आफ्ना समस्या राख्दै यो सरकारले बोल्ड डिसिजन गर्न डराउन नहुने धारणा पनि राखे ।
फोहोर व्यवस्थापनको समस्याको गाँठो फुकाइदिन र सडक बत्तीको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन पनि उनीहरूले आग्रह गरे ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीसमेत सो प्रतिनिधिमण्डलमा सामेल भएका थिए । उनी काठमाडाैं उपत्यका मेयर्स फोरमका महासचिव हुन् ।












