मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त
थानकोट ।
मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्।
विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव बुधबारको सभाबाट पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् । मण्डल नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मधेश मण्डलमाथि पद अनुकूलको आचारण नगरेको भन्ने प्रस्ताव पेश गरेका थिए । साेही प्रस्तावमा लोकतान्त्रिक समाजवादी पार्टीका नेताले समर्थन जनाएकाे थियाे।
मधेश प्रदेशमा कुल १ सय ७ सदस्यमध्ये ३ जना निलम्बित छन् । अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेको छ । विपक्षमा भने शून्य मत परेकाे हाे।
दुई तिहाइ बहुमत सदस्यले प्रस्तावको पक्षमा मतदान गरेसँगै मण्डल पदमुक्त भएका हुन् ।












