चन्द्रागिरिबाट सुरु भयो चलचित्र ‘बब डाइ’को छायांकन
थानकोट ।
चलचित्र ‘बब डाइ’को छायांकन सुरु भएको छ ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको चन्द्रागिरिबाट छायांकन सुरु भएको हो । ‘बब डाइ’को ४५ दिनको छायांकन तालिका तोकिएको छ । यो अवधिमा काठमाडौँको कीर्तिपुर, चन्द्रागिरि आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ ।
चलचित्रलाई प्रविन श्रेष्ठले निर्देशन गरिरहेका छन् । यसअघि ‘मोक्ष’ चलचित्र निर्देशन गरेका प्रबिनले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । निर्देशक श्रेष्ठका अनुसार ‘बब डाइ’मा कीर्तिपुरकै कथा छ । चलचित्रको नामबारे निर्देशक श्रेष्ठ भन्छन्, ‘खासमा बब डाइ भनेको बब दाइ हो । नेवारी ट्युनमा दाइलाई डाइ भनिने भएकाले नाममा त्यसरी राखेका हौं ।’ उनका अनुसार ‘बब डाइ’को भूमिकामा सौगात मल्ल देखिनेछन् ।












