एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै, नेतृत्वको सुरक्षा मुख्य जिम्मेवारी

Thankot Times

थानकोट ।

नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)को घोषणा गर्दै छ ।

माइतीघर मण्डलमा आज युवा भेला भएर वानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा घोषणासभा हुने एमालेले जनाएको छ ।

पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ र २४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको हो ।

एनभीएफले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले एनभीएफ गठन गर्न लागिएको हो ।

बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्नेछन् । सुरक्षा संवेदनशिलता बढेका बेला राज्यले अध्यक्ष ओलीलगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता लगेकोले पनि एनभीएफको आवश्यकता बढेको एमालेले महसुस गरेको हो । एनभीएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल विस्तार गरिने ढकालले बताएका छन् ।

एनभीएफमा एकजना कमान्डर र दुईजना साहायक कमान्डरको व्यवस्था गरिएको छ ।

यसैबीच, एनभीएफ घोषणाका विषयमा बिहीबार एमाले सचिवालय बैठकमा विरोध भएको थियो । देश जटिल अवस्थामा रहेको समयमा यस्तो काम गर्न नहुने नेताहरूले बताएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *