प्रधानमन्त्री कार्की र नेकपा माओवादीका शीर्ष नेता द्वयबीच भेटवार्ता
थानकोट ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।
उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बिहीबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राखेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ’, महासचिव विप्लवले भने ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔं । जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौं ।’












