फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन भाग लिने नेपाली काँग्रेसको निर्णय

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन भाग लिने निर्णय गरेको छ ।

शनिबार (मंसिर ६) सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै भाग लिने औपचारिक निर्णय गरिएको हो ।

निर्वाचनमार्फत नै संविधानको रक्षा तथा ‘जेनजी’ प्रदर्शनका क्रममा परिवर्तनका निम्ति उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने पार्टीको दृढ विश्वास रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *