फागुन २१ को निर्वाचनका लागि रास्वपाले अनलाइन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर अनलाइन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

हरेक हप्ता शनिबार बेलुका ७ बजे नियमित अनलाइन प्रशिक्षण हुने रास्वपा प्रचार विभागले जनाएको छ ।

सूचनामा उल्लेख भएअनुसार यो प्रशिक्षण कार्यक्रम यही १३ मंसिरदेखि १६ फागुनसम्म सञ्चालन हुनेछ ।

प्रशिक्षणमा जूममार्फत देश तथा विदेशमा रहेका सक्रिय सदस्य सहभागी हुनसक्ने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *