फेसबुक र इन्स्टाग्राममा समस्या

Thankot Times

थानकोट ।

सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा समस्या देखिएपछि विश्वभरका लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन् ।

धेरै प्रयोगकर्ताले फेसबुक र इन्स्टाग्राम नखुलेको, वेबसाइट र एप दुवैमा त्रुटि देखिएको तथा लगइन गर्न समस्या भएको गुनासो गरेका छन् ।

कतिपय प्रयोगकर्ताले मेटाको बिजनेस प्लेटफर्ममा समेत त्रुटि सन्देश देखिएको बताएका छन् ।

फेसबुक डाउन भएपछि धेरै प्रयोगकर्ता अवस्था बुझ्न अर्को सामाजिक सञ्जाल एक्सतर्फ पुगेका छन् ।

यद्यपि फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाले यो समाचार तयार पार्दासम्म समस्याबारे केही बताएको छैन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *