विज्ञान तथा नवप्रवर्तन मन्त्रालयका लागि साढे ४ अर्ब बजेट विनियोजन

Thankot Times

थानकोट।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले साढे ४ अर्ब बजेट पाएको छ ।

मन्त्रालयलाई सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि कुल बजेटको एक प्रतिशत रकम विनियोजन गरेको छ । प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बिहीबार प्रतिनिधि सभामा बोल्दै  यसको रकम चार अर्ब रहेको जानकारी दिए ।

 ‘बजेट चार अर्ब जति रुपैयाँ छ’ पुनले भने, ‘चार अर्ब जुन छुट्याइएको छ ।

यसमा पनि साढे तीन अर्ब अबन्डामा छ ।’

नयाँ मन्त्रालय भएकोले नयाँ कार्यक्रम बनाउनुपर्ने भएकाले यसो गर्नुपरेको उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *