नेपाल प्रिमियर लिग-२०२५ः कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सको रोमाञ्चक जित
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार (मंसिर १२) सम्पन्न दिनको दोश्रो तथा अन्तिम खेलमा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा सात विकेट गुमाएर १६३ रन बनाउँदै जित सुनिश्चित गरेको हो ।













