नेपाल प्रिमियर लिग-२०२५ः कर्णाली याक्स र काठमाण्डू गोर्खाज आज प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) कर्णाली याक्स र काठमाण्डू गोर्खाज आमने-सामने हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ ।

सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जित निकालेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा तीन खेलमा विजयी भएर तेस्रो स्थानमा छ ।

प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *