नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिक चिन्ह सार्वजनिक
थानकोट ।
नेकपा (एमाले)को ११औँ महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।
लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतले दरबार समेटिएको छ । एमालेले महाधिवेशनको नारा ‘निर्णय राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरेको छ ।
महाधिवेशन यही मंसिर २७–२९ गते हुँदै छ ।
उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।












