नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनः काठमाडौंबाट छानिए ४८ जना प्रतिनिधि
थानकोट ।
नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४८ जना प्रतिनिधि छानिएका छन् ।
नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार जिल्लाका केही क्षेत्रमा सर्वसम्मत र केही क्षेत्रमा चुनावी प्रकृयाबाट प्रतिनिधि चयन भएका हुन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट गणेश दुलाल, विष्णुकुमारी भुसाल, रामप्रसाद ओमागाई र सफल श्रेष्ठ
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, सानुकुमार श्रेष्ठ, नवराज दाहाल, शोभा कार्की र शान्ता थापा
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट कल्पना राजचल, इसादेवी गुरुङ, श्यामकृष्ण कर्माचार्य, विश्वराज श्रेष्ठ र डा.विदुर चालिसे
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट उद्धव खरेल, श्रीकृष्ण श्रेष्ठ, प्रकाश कटुवाल, सुनिता गुरुङ र सरस्वती कार्की
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट ध्रुवराज पाण्डे, रत्ना गुरुङ, रामकृष्ण श्रेष्ठ,अम्बर डङ्गोल
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट विश्वनाथ लामिछाने, कृष्णप्रसाद अधिकारी, देवीमाया आचार्य, बिन्दा बुढाथोकी र श्यामकृष्ण महर्जन
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल र प्रमेश धिमाल
दलिततर्फ भक्त दर्नाल छनोट भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँका तीन अध्यक्षहरू भने प्रतिनिधि छनोट भएनन् ।
आफूहरूले अभिभावकीय भूमिका खेल्दै अरूलाई अवसर दिएर प्रतिनिधि छनोट गरेको उनीहरूको भनाइ छ ।
१४ हजार ७ सय हाराहारी सङ्गठित सदस्य रहेको काठमाडौँबाट ४८ जना प्रतिनिधि छनोट भएका हुन् ।












