महिला टी-२० विश्वकप ग्लोबल छनोटः नेपाली टोलीको बन्द प्रशिक्षणमा २६ खेलाडी छनोट

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला टी– २० विश्वकप ग्लोबल छनोटको बन्द प्रशिक्षणमा २६ खेलाडीलाई बोलाएको छ ।

विश्वकप छनोट प्रतियोगिता आगामी १२ जनवरीदेखि २ फेब्रुअरीसम्म नेपालमै हुँदै छ ।

प्रतियोगितामा नेपालसहित आयरल्यान्ड, अमेरिका, जिम्मबावे, बंगलादेश, थाइल्यान्ड, नामिबया, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र स्कटल्यान्डले सहभागिता जनाउनेछन् ।

छनोटबाट शीर्ष चार टोलीले आगामी १२ जुनदेखि ५ जुलाईसम्म इङ्ग्ल्यान्ड र वेल्समा हुने आईसीसी महिला टी– २० विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालले पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोट खेल्दै छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी:

इन्दु बर्मा, सीता रानामगर, सम्झना खड्का, कविता कुँवर, रोमा थापा, रुविना क्षेत्री, पूजा महतो, कविता जोशी, राजमति ऐरी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रूवी पोदार, साना प्रविण, अलिशा यादव, ईश्वरी विष्ट, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *