नेपाल प्रिमियर लिग-२०२५ः सुदूरपश्चिमको लगातार छैठाैं जित, चितवन राइनोज ४९ रनले पराजित
थानकोट ।
चितवन राइनोजविरुद्ध ४९ रनको जित निकालेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो ।
यो नतिजासँगै सुदूरपश्चिमले लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ ।
हालसम्म अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोड्दै प्लेअफमा पहिलो क्वालिफायर खेल्ने भएको हो ।












