साफ महिला क्लब च्याम्पियनसिपः नेपाल एपीएको विजयी सुरुवात

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरी बल नेपालको एपीएफ फुटबल क्लबले नस्रिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले पराजित गर्दै साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।

शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफलाई जित दिलाउन फरवार्ड रश्मी र मीनाले समान दुई गोल गरे ।

३७औँ मिनेटमा रश्मीले नेपाललाई अग्रता दिलाइन् ।

रश्मीले टिमकी मीनाको पासमा पोष्टको दायाँ बारमा जाली चुमाइन् । ७१औँ मिनेटमा मीनाले उत्कृष्ट व्यक्तिगत गोल गर्दै अग्रतालाई दोब्बर बनाइन । ८१औँ मिनेटमा रश्मीले दोहोरो गोल गर्दै अग्रतालाई ३–० को स्थितिमा पुर्‍याइन् । इन्जुरी समयमा मीनाले पुनः गोल गरेपछि घरेलु टोलीले ४–० को जित पक्का गरेको हो ।

यो जितसँगै एपीएफले प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ ।

प्रतियोगितामा पाकिस्तानको कराची सिटी एफसी, भुटानको ट्रान्सफोर्ट युनाइटेड एफसी, बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भारतको इस्ट बंगाल एफसी र नेपालको एपीएफ फुटबल क्लबको सहभागिता छ ।

प्रतियोगिता आगामी डिसेम्बर २० सम्म हुनेछ । ‘सिंगल राउन्ड रोबिन’को आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *