न्यु डायमण्ड क्लबका भलिबल प्रशिक्षक कुमार राई झापामा नगदसहित सम्मानित
थानकोट ।
न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् ।
झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो ।
बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान गरिएको हो । उनको प्रशिक्षणमा नेपालले गत महिना काभा यु १९ महिला च्याम्पियनसिपमा रजत पदक जितेको थियो।
राईलाई वीरबहादुर राई, नारायण राई, सन्तोष राई र कलाकार विल्सनविक्रम राईले एकमुष्ट ५१ हजार रुपैयाँ प्रदान गरे । त्यस्तै, आदर्श स्कुल अफ मेनेजमेन्टले १७ हजार ५०० रुपैयाँ, झापा गोल्डकपका अध्यक्ष केदार गिरीले १५ हजार रुपैयाँ प्रदान गरे ।
त्यस्तै, अर्जुनधारा नगर खेलकुद विकास समितिले ११ हजार रुपैयाँ, बिर्तामोड भलिबल प्रशिक्षण केन्द्रले सात हजार ५०० र सेवारो क्याफेले पाँच हजार रुपैयाँ प्रदान गरे ।

राईले कुल एक लाख सात हजार रुपैयाँ पाएका थिए । उनलाई ढाका टोपी तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रशिक्षक राईले विगत १९ वर्षदेखि चन्द्रागिरी नैकापमा रहेको न्यु डायमन्ड एकेडेमीलाई निरन्तर प्रशिक्षण दिइरहेका छन् ।
डायमन्ड विभागीय टोलीलाई चुनौती दिने एक्लो सामुदायिक टोली हो । उनकै प्रशिक्षणमा डायमन्डले २ दर्जनभन्दा बढी उपाधि जितेको छ ।
हाम्रो खेलकुदबाट












