नेपाल प्रिमियर लिग-२०२५: सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश
थानकोट ।
पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश गरेको छ ।
यसअघिको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो ।













