यू-१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोली घोषणा
थानकोट।
संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसीसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ ।
मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणाा गरेको हो ।
प्रतियोगिता यही मंसिर २६ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
नेपालको पहिलो खेल श्रीलंकासँग मंसिर २७ मा हुनेछ । दोस्रो खेल मंसिर २९ बंगलादेश र तेस्रो पुस २ मा अफगानिस्तानसँग रहेको छ ।
प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन् । प्रतियोगिताका खेल आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् ।
नेपाली टोली :
अशोक धामी (कप्तान), नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन रामरोशन विक, विपीन शर्मा, वंश छेत्री, युवराज खत्री













