नेपाल प्रिमियर लिग-२०२५ः इलिमिनेटर राउण्डमा आज काठमान्डु र लुम्बिनीबीच खेल हुने
थानकोट।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन् ।
खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ ।
आजको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।
दोस्रो क्वालिफायरको भोलि हुने खेलमा विराटनगर किङ्स र आजको इलिमिनेटर विजेता टोलीले फाइनल पुग्न खेल्नेछन् ।
यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ ।
सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
अब उसले उपाधिका लागि भोलि हुने दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ ।
अघिल्लो वर्ष भएको पहिलो संस्करणमा फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।













