सतुङ्गलमा २ वटा सवारी दुर्घटना, मोटरसाइकल चालक स्थानीय २५ वर्षीय युवाको ज्यान गयो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकल र बा प्र ०२-०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सतुङ्गलका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

उक्त दुर्घटनामा संलग्न अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको र दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *