साफ पुरुष फुटसल च्याम्पियनसिप खेल्ने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा १७ खेलाडी
थानकोट ।
थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसि
प खेल्न १७ नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
बुधबार (पुस २) राष्ट्रिय फुटसल टिमका मुख्य प्रशिक्षक अनिल गुरुङले १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबारै खेलाडीको सूची सार्वजनिक गरेको छ । प्रतियोगिता थाइल्यान्डमा आउँदो जनावरी १३ देखि २६ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा साफका सातै राष्ट्रिको सहभागिता रहनेछ ।
एन्फाले प्रतियोगिताका निम्ति गएको मंसिर २८ गतेदेखि राष्ट्रिय टिमको छनोट थालेको थियो ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी–
अमित तामाङ, आशिष डंगाल (गोलकिपर), पदम तामाङ (गोलकिपर), दिपेश श्रेष्ठ (गोलकिपर), विशाल सारुमगर, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्तनरसिंह राना, जेनिस प्रजापति, लाक्पा लामा, मनीष सेडाईं, पेम्बा दोर्जे लामा, प्रज्ज्वल शाही, सञ्जय स्याङताङ, सरोज तामाङ, सुवेत लामा र सुरज गुरुङ ।
साफ महिला फुटसल च्याम्पियनसिप खेल्ने महिला टिमको बन्द प्रशिक्षणमा १७ खेलाडी













