टी-२० विश्वकप क्रिकेटका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा
थानकोट ।
आगामी वर्ष हुने टी–२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पहिलो चरणको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई डाकेको हो ।
क्यानले विश्वकपका निम्ति अन्तिम टिम बनाउन पुस ७ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्नेसमेत जनाएको छ ।
भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ ।
जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।
नेपालको सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछ ।

















