साफ फुटसल प्रतियोगिता: नेपाली महिला र पुरुष टोलीको घोषणा

Thankot Times

थानकोट ।

साफ फुटसल च्याम्पियनसिप, २०२६ मा प्रतिस्पर्धा गर्ने नेपाली महिला र पुरुष राष्ट्रिय टिम घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताका निम्ति महिला र पुरुष दुवैतर्फ समान १४ सदस्यीय नेपाली टिम सार्वजनिक गरेको हो । 

नेपाली पुरुष टिमको मुख्य प्रशिक्षकमा अनिलबहादुर गुरुङ छन् ।महिला टिमको मुख्य प्रशिक्षकमा विक्रम महर्जन छन् ।

नेपाली महिला र पुरुष दुवै टिमले आउँदो जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा हुने साफ फुटसल प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।

पुरुष टिम
अमित लामा, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्त नरसिंह राणा, विशाल सरुमगर, दिपेश श्रेष्ठ (गोलकिपर), जेनिस प्रजापति, लाक्पा लामा, पदम तामाङ (गोलकिपर), पेम्पा दोर्जी लामा, सन्जे स्याङतान, सरोज तामाङ, सुवेत लामा र सुरज गुरुङ ।

महिला टिम
अनिता केसी, अन्जली मचामसी, विमला चौधरी, विमला थापा, दीपा राई, जेनिफर राना, झरना दुर्माकोटी (गोलकिपर), मनीषा थापामगर, प्रतीक्षा ठकुरी, रोशनी बोहरा क्षेत्री, सावित्री किसन (गोलकिपर), सजिना कोइराला, सुनकला राई र सुष्मा तामाङ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *