सुनको मूल्यमा भारी वृद्धि

Thankot Times

थानकोट ।

आज मंगलबार नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा रू. पाँच हजार ५०० र चाँदीको मूल्य रू. २० ले वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा रू. २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू. चार हजार २५५ पुगेको छ ।

छापावाल सुन सोमबार तोलामा रु. दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य रू. चार हजार २३५ थियो ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ