सुनको मूल्य उकालो लाग्ने क्रम जारी, बन्यो नयाँ कीर्तिमान
थानकोट ।
नेपाल बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । यो क्रम बुधबार पनि जारी रह्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ९ सय रुपैयाँले बढेर दुई लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै महँगो हो ।
मंगलबार (८ पुस) मा ५ हजार ५ सयले बढेर दुई लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि तोलामा १ सय ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन चार हजार २ सय ५५ रुपैयाँ रहेको एक चाँदीको मूल्य आज चार हजार ४ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।















