चन्द्रागिरि-५ महादेवस्थान किसिपिडीमा थपिए २३० जना मतदाता
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ५ महादेवस्थान किसिपिडीमा २३० जना मतदाता थपिएका छन् ।
शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि २३९ जना मतदाता थपिएका हुन् ।
२०७९ मंसिरको आम निर्वाचनमा यहाँ २५०८ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल २७३८ जना पुगेको हो ।
यस वडामा जनकल्याण माविमा एकवटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

















