सुनको मूल्यमा भारी गिरावट
थानकोट ।
नेपाली बजारमा सुनको भाउ आज मंगलबार एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ ।
सुन आज एकैदिन ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ थियो ।
अस्ति आइतबार सुनको भाउले कीर्तिमान बनाएकोमा तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।
चाँदी आज एकैदिन तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो सोमबार चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८ सय ९५ रुपैयाँ थियो ।















