अखिल नेपाल फुटबल संघको चुनावी साधारण सभा २८ माघमा हुने
थानकोट ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी साधारणसभा माघ अन्तिम साता हुने भएको छ ।
बुधबार सातदोबोटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमिति बैठकले २८ माघमा चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो । केही पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नभएको भन्दै चारवर्षे कार्यकालपछि मात्रै चुनाव गर्न प्रस्ताव राखेका थिए । तर, अध्यक्ष पंकजविक्रम नेम्वाङले बहुमत सदस्यबाट पारित भएको भन्दै चुनावको मिति तय गरेका हुन् ।
हालको कार्यसमितिको कार्यकाल आगामी ४ असारमा सकिँदै छ । तर, चारवर्षे कार्यकाल छोट्याएर माघमै निर्वाचन गर्ने निर्णय बैठकबाट पारित भएको हो ।
असारमा अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप फुटबल प्रतियोगिता हुने भन्दै त्योभन्दा पहिला नै निर्वाचन सकिसक्ने एन्फा नेतृत्वको योजना थियो ।
















