पूर्व गृहमन्त्री रमेश लेखकलाई लगाइएको स्थान हद फुकुवा

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई लगाइएको स्थान हद फुकुवा भएको छ।

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकमाथि लगाएको स्थान हद बिहीबार फुकुवा गरेको हो।

यसअघि आयोगले गत असोज १२ गते विदेश भ्रमणमा रोक लगाउनुको साथै स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको थियो।

पूर्वगृह मन्त्री लेखकले सोमबार आयोगमा उपस्थित भई लिखित बयान पेस गरेका थिए। सोही बयानपछि आयोगले उनको स्थान हद फुकुवा गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *