रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन सम्भावित एजेन्डा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दै छ ।
पार्टी समापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठक काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र विविध विषय छलफलका निम्ति राखिएको छ ।














