पहिलो ओलम्पियन बक्सर नामसिंह थापाको निधन

Thankot Times

थानकोट।

नेपालको पहिलो ओलम्पिक सहभागितामा भाग लिएका खेलाडी मध्येका एक बक्सर नामसिंह थापाको  निधन भएको छ।

उनको ७९ वर्षको उमेरमा शनिबार हङकङमा निधन भएको हो।

नेपाल ओलम्पिक कमिटीले उनको निधन भएको पुष्टि गर्दै दु:ख व्यक्त गरेको छ।

सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएर इतिहास रचेको थियो। जसमा दुई धावक र चार बक्सरले भाग लिएका थिए।

धावकहरू भूपेन्द्र सिलवाल र गंगाबहादुर थापामगरका नेपालबाट टोकियो पुगेका थिए।

बक्सरहरू नामसिंह थापा, भीमबहादुर गुरुङ, रामप्रसाद गुरुङ र ओमप्रसाद पुनले पनि नेपालकोतर्फबाट प्रतिस्पर्धा गरेका थिए। बक्सरहरु भने हङकङबाटै टोकियो पुगेका  थिए।

नामसिंहले ५१ केजी फ्लाइवेट वर्गमा पहिलो राउन्डमा बाइ पाएका थिए, तर राउन्ड अफ १६ मा अमेरिकी खेलाडी रोबर्ट जोन कारमेडीसँग आरएससीका आधारमा हारेका थिए। १८ वर्षका उमेरमा ओलम्पिकमा भाग लिएका उनले गोर्खा सेनामा २७ वर्ष सेवा गरेर क्याप्टेन पदबाट अवकाश लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *