टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा
थानकोट ।
आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।
एनपीएलको उपाधी लुम्बिनी लायन्सलाई जिताउन शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनीसहित एनपीएलमा राम्रो प्रदर्शन गरेका बसिर अहमद र लोकेश बमले पनि टोलीमा कमब्याक गरेका छन् ।















