चन्द्रागिरि हिल्समा सबैभन्दा धेरै शेयर हुनेहरू को-को छन् ? (सूचीसहित)
थानकोट ।
नेपालमा दोश्रो र काठमाडाैं उपत्यकामा पहिलो केबलकार परियोजना सञ्चालन गरिरहेको कम्पनी चन्द्रागिरि हिल्स लिमिटेडमा १ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या १० रहेको छ।
कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि १० शेयरधनीसँग मात्र १ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।
कम्पनीमा हेमराज ढकालको सर्वाधिक १९.१९ प्रतिशत शेयर स्वामित्व रहेको छ।
अघिल्लो आर्थिक वर्षमा चन्द्र ढकालको पनि १९.१९ प्रतिशत शेयर स्वामित्वमा रहेकोमा आर्थिक वर्ष २०८१/८१ मा उनको स्वामित्व घटेर १२.७५ प्रतिशत कायम भएको छ।
चन्द्र ढकालको स्वामित्व घटेपछि १२.७९ प्रतिशत स्वामित्व रहेका उत्तम कुमार नेपाल कम्पनीको दोस्रो ठूलो शेयरधनी बनेका छन् ।
चन्द्र ढकाल भने तेस्रो ठूलो शेयरधनी कायम भएका छन् ।
कम्पनीमा अम्बिका पौडेलको ५.८५ प्रतिशत, कल्याण गुरुङको ५.५२ प्रतिशत, भाटभटेनी सुपर मार्केटको २.११ प्रतिशत, तथा कुमार केशर विष्टको १.७६ प्रतिशत स्वामित्व रहेको छ।
कम्पनीमा श्रीवृद्धि होल्डिंग कम्पनीको १.५५ प्रतिशत, नवराज नेपालको १.४१ प्रतिशत र सावित्री गुरुङको १.४१ प्रतिशत शेयर स्वामित्व रहेको छ ।















