कविराज नेगी लामा बने वर्षकाे उत्कृष्ट प्रशिक्षक

Thankot Times

थानकोट ।

पारा तेक्वान्दोका कविराज नेगी लामा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षकाे उत्कृष्ठ प्रशिक्षक बनेका छन् । उनकै प्रशिक्षणमा पलेशा गाेबर्धनले पेरिस पाराओल्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् ।

नेगीकाे प्रशिक्षणमा नेपालले १३ अन्तर्राष्ट्रिय पदक जितिसकेकाे छ ।

उनले बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ, खाे-खाे लक्ष्मीनारायण बैध र क्रिकेटका महेश रिजाललाई पछि पारे ।

यस्तै, बुधबार पोखरास्थित सभागृहमा जारी अवार्ड समारोहमा क्रिकेटकी पूजा महताेले वर्षकाे उत्कृष्ट युवा खेलाडी, खो–खोको महिला र पुरुष टिम वर्षको उत्कृष्ट टिम र बंगलादेशका माेहम्मद हसन उल्लाखानले एसिया स्पाेर्ट्स जर्नालिस्ट, तेक्वान्दाेका तुलसीकुमार गुरुङले स्पेसल र एथलेटिक्सकी प्रभा आङ्दाम्बे अवार्ड प्राप्त गरे ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *