केपी ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

बुधबार ओली निवास गुण्डुमा उनीहरूबिच भेटवार्ता भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको अध्यक्ष ओलीलाई निम्तो दिने सन्दर्भ भए पनि दुई पार्टीका अध्यक्षबिच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र लामो संवाद भएको बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *