नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बिहीबार (पुस २४) अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको छ ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २०८२ पौष २४ गते बिहीबार दिनको ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूकोे उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

विशेष महाधिवेशनले पार्टीलाई फुटसम्म पुर्‍याउने भन्दै त्यसबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको संस्थापन पक्षका नेताको भनाइ छ ।

पछिल्लो समय कांग्रेसमा विवाद चुलिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गरिने भन्दै प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जिकिर गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *