रेडियो नेपालका प्रसिद्ध समाचारवाचक माइकल चन्दको निधन
थानकोट ।
प्रथम अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको निधन भएको छ ।
आज बिहान चन्दको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
रेडियो नेपाल र जर्मनको गोथे ईन्टिच्युटमा लामो समय काम गरेको चन्द ७७ वर्षका थिए ।
चन्दका ३ छोरी रहेका छन् ।
उनीहरू सबै अमेरिका रहेका छन् । उनको अन्त्येष्टि शनिबार मात्र गरिने निरौलाले बताए ।
















