टी-२० महिला विश्वकप क्रिकेट छनोटः अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग पराजित

Thankot Times

थानकोट ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि भएकाे अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको छ ।

शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८४ रनको पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १ सय ५६ रन बनायो ।

नेपालका लागि सम्झना खड्काले अविजित ४३ बलमा अविजित ५२ रन बनाइन् । यसैगरी कविता कुँवरले अविजित २९, कप्तान इन्दु बर्माले २८ तथा कविता जोशीले २२ रन जोडे । स्कटल्यान्डका लागि डार्शी कार्टरले तीन तथा क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल तयार पारेको थियो । स्कटल्यान्डका लागि क्याथरिन ब्रिस २८ बलमा अविजित ६२ रन बनाएर रिटायर्ड हर्ट भएकी थिइन् । यसैगरी  प्रियानाज चटर्जीले अविजित ४० रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले दुई–दुई तथा रिया शर्मा र रचना चौधरीले एक–एक विकेट लिए । छनोटमा पनि नेपाल र स्कटल्यान्ड एकै समूहमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *