यु-२० पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उर्जन श्रेष्ठलाई यु–२० पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

शुक्रबार एन्फा महासचिव किरण राईले श्रेष्ठलाई नियुक्तिपत्र हतान्तरण गरे ।

श्रेष्ठले यसअघि पनि यो जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

यसैगरी जितबहादुर पुन र मंगल महर्जनले सहायक तथा गंगाराम देउजाले गोलकिपर प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

प्रतियोगिता २२ मार्चदेखि ३ अप्रिल २०२६ सम्म माल्दिभ्समा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *