साफ फुटसल च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाइ

Thankot Times

थानकोट ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टिमको बिदाइ गरिएको छ । शुक्रबार (पुस २५) अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित मुख्यालयमा एक कार्यक्रमबीच च्याम्पियनसिप खेल्ने पुरुष तथा महिला फुटसल टिमको बिदाइ गरेको हो ।

कार्यक्रममा एन्फा अध्यक्ष पंकचविक्रम नेम्वाङले प्रतियोगिताको उपाधि उचाल्ने सके नयाँ खेलाडीका निम्ति प्रेरणाको स्रोत बन्ने बताए । दुवै मिटका खेलाडीलाई उनले सफलताको शुभकामना व्यक्त गरे ।

“नेपालले इतिहास रच्ने अवसर पाएको छ । नेपाली राष्ट्रिय महिला फुटसल टिमको यो पहिलो औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो । यो जित्न सक्यौँ भने नयाँ खेलाडीहरूको निम्ति प्ररेणाको स्रोत बन्नेछ । त्यसैले तपाईंहरूले प्रतियोगितामा सफलता हासिल गर्नुहुन्छ भन्ने शुभकामना व्यक्त गर्दछु,” अध्यक्ष नेम्वाङले भने ।

पुरुष टिमको मुख्य प्रशिक्षकमा अनिलबहादुर गुरुङ छन् । कप्तानमा विजय श्रेष्ठ छन् ।

महिला टिमको मुख्य प्रशिक्षकमा विक्रम महर्जन छन् । कप्तानमा दीपा राई छिन् ।

यही जनावरी १३–२६ सम्म थाइल्यान्डमा साफको इतिहासमा पहिलोपटक फुटसल च्यामिपयनसिप आयोजना गरिँदै छ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तान र  श्रीलंका गरी दक्षिण एसियाका सातै देशको सहभागिता छ ।

पुरुष फुटसल टिम
अमित लामा, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्तसिंह राना, विशाल सरुमगर, दिपेश श्रेष्ठ (गोलकिपर), जेनिस प्रजापति, लाक्पा तामाङ, पदम तामाङ (गोलकिपर), पेम्बा दोर्जे लामा, सञ्जय स्याङ्ताङ, सरोज तामाङ, सुवित लामा र सुरज गुरुङ ।

महिला फुटसल टिम
अनिता केसी, अञ्जली मचामसी, विमला चौधरी, विमल थापा, दीपा राई, जेनिफर राना, झरना डुम्राकोटी (गोलकिपर), मनीषा थापामगर, प्रतीक्षा ठकुरी, रोशनी बोहरा क्षेत्री, सावित्रा किसन (गोलकिपर), सजनी कोइराला, सुनकला राई र सुष्मा तामाङ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *