प्रतिनिधि सभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि जारी हुने
थानकोट ।
प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार (पुस २५) जानकारी गराइएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराएका हुन् ।
साथै, निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको छ ।
आयोगले निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ ।
भेटका अवसरमा अर्थ मन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी भएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।














