सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान
थानकोट ।
नेपाली बजारमा सोमबार (पुस २८) सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलको दुई लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो ।
हिजो आइतबार (पुस २७) छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसदिन सुनको मूल्य एकैदिन तोलामा चार हजार १ सय रुपैयाँले बढेको हो ।
चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ ।
सोमबार एक तोला चाँदी किन्न ग्राहकले पाँच हजार १ सय ९५ रुपैयाँ तिर्नुपर्नेछ ।
हिजो आइतबार चाँदी प्रतितोला चार हजार ९ सय ९० रुपैयाँमा कारोबार थियो ।
यस दिन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २ सय ५ रुपैयाँले बढेको हो ।















