साफ यू-१९ महिला च्याम्पियनसिप: बन्द प्रशिक्षणका लागि खेलाडीहरू छनोट

Thankot Times

थानकोट ।

साफ यू-१९ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १४ खेलाडी हटाइएको छ ।

आइतबार नेपाली राष्ट्रिय यू-१९ टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले ४९ सदस्यीय बन्द प्रशिक्षणबाट १४ खेलाडी हटाएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबारै बन्द प्रशिक्षणमा समावेश गरिएका खेलाडीहरूको नामवाली सार्वजनिक गरेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा पोखरामा आगामी जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म हुनेछ । 

यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडीहरू – 

नन्दीका थापा (गोलकिपर), जुना तामाङ (गोलकिपर), सबनम राई (गोलकिपर), यशोदाकुमारी बोहरा (गोलकिपर), झरना डुम्राकोटी (गोलकिपर), पूर्णिमा टाढी, माया मास्के, अंशु विक, मीनमाया श्रेष्ठ, सलोनीकुमारी चौधरी, सुमी हाङ्मा, ज्ञान्सु डोल्मोलो, अनु माझी, आशिका कार्की, एलिजा विक, साहारा लिम्बू, सुशीला केसी, प्रजिता राई, डिकी स्याङ्बो, निर्मला आचार्य, एन्जल स्यांग्बो, कृतिशा तामाङ, आशिका राई, सृजना बढुवाल, वसन्ती कुलाल, सेनु परियार, तुलसा बोहरा, भूमिका बुढाथोकी, आयुष रौले, कल्पना जिम्बा, अनीता राना मगर, बर्सा ओली, संगीताकुमारी मल्ल, यामकुमारी विक, वर्षा कुँवर ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *