नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यले मंगलबार (पुस २९)नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १ सय ८ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन (सोमबार) यो सुन प्रतितोला दुई लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

अब उपभोक्ताले एक तोला छापावाल सुन किन्न दुई लाख ७६ हजार ५ सय रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

मंगलबार नेपाली बजारमा चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ ।

मंगबार चाँदीको भाउ प्रतितोला पाँच हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।

यो अघिल्लो दिनको तुलनामा मंगलबार चाँदीको भाउ तोलामा १ सय४५ रुपैयाँ बढी हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ