नेपाली कांग्रेस विशेष महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, उमेदवारी दर्ता र मतदान आजै
थानकोट ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । मंगलबार (पुस २९) विशेष महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले चुनावी कार्यक्रम प्रकाशन गरेका हुन् ।
निर्वाचन कार्यक्रमानुसार, आज दिउँसो १२ः३० बजेसम्म प्रथम मतदाता नामावली प्रकाशनको समय तोकिएको छ ।
उमेदवारको मनोनयनपत्र दर्ताका निम्ति यसै दिन दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।
मतदानका निम्ति राति ९ देखि बुधबार (पुस ३०) बिहान १ः३० बजेसम्मको समय तोकिएको छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबार (पुस २७)देखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । संस्थापन पक्षले विशेष महाधिवेशन स्वीकार गरेको छैन् ।















