नेपालले श्रीलंका ‘ए’ सँग टी-२० शृंखला खेल्ने

Thankot Times

थानकोट ।

नेपाल राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टी–२० विश्वकपको तयारी श्रीलंकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाल र श्रीलंका ‘ए’ टोलीबीच तीन खेलको अभ्यास शृंखला हुने जानकारी दिएको हो ।

शृंखलाका खेल २०, २२ र २४ जनवरीमा हुनेछ ।

टी– २० विश्वकपको १०औँ संस्करण ७ फेब्रुअरीदेखि ८ मार्चसम्म  भारत र श्रीलंकामा हुँदै छ ।

नेपाल दुई पूर्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली सम्मिलित समूह ‘सी’मा छ । दुवै टोलीले २–२ पटक विश्वकप जितेका छन् ।

इंग्ल्यान्ड र इटाली नेपालका लागि नयाँ प्रतिद्वन्द्वी हुन् । नेपालका सबै खेल मुम्बईस्थित वान्खडे क्रिकेट मैदानमा हुनेछन् ।

नेपालले फेब्रुअरीमा इंग्लयान्ड, १२ फेब्रुअरीमा इटाली, १५ फेब्रुअरीमा वेस्ट इन्डिज र १७ फेब्रुअरीमा बंगलादेशको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *