फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारतले पाँच सयभन्दा बढी गाडी पठाउँदै
थानकोट ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि भारतले नेपाललाई पाँच सयभन्दा बढी गाडी उपलब्ध गराउने भएको छ ।
भारतले नेपाल प्रहरीलाई तीन सय र अन्य सरकारी निकायलाई दुई सय ३८ वटा गाडी दिन लागेको हो ।
गत निर्वाचनमा ८० वटा गाडी सहयोग गरेको भारतले यसपटक दिने गाडीमध्ये सय वटा विशेष प्रकारको हुने बताइएको छ ।
आगामी साताबाट गाडीहरु नेपाल भित्रन लागेको आयोगले जनाएको छ ।
निर्वाचनलाई लक्षित गर्दै अन्य छिमेकी देशहरुले पनि सहयोगको प्रस्ताव राखेको बताइन्छ ।














