नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि ५ वर्षको प्रतिबन्ध

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।

महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको एक नेताले जानकारी दिए । 

पाँच वर्ष साधारण सदस्य नरहने गरी कारबाही गरिएको केन्द्रीय सदस्यहरुले जानकारी दिएका छन् । विशेष महाधिवेशन पक्षधरहरुले सहमतिका लागि आठबुँदे प्रस्ताव अघि सारेका थिए ।

तर त्यसमा सहमति कायम हुन नसकेपछि वार्ता भंग भएको थियो । विशेष महाधिवेशन पक्षधरहरुले अहिले केहीबेरमा नयाँ कार्यसमिति सार्वजनिकको तयारी गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *