रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता

Thankot Times

थानकोट ।

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धकाे संगठित अपराधकाे मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारले यो मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

लामिछानेविरुद्ध विभिन्न जिल्लामा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणकाे मुद्दा फिर्ता लिने निर्णय भएकाे हो । महान्यायाधिवक्ता कार्यालयका अनुसार रविविरुद्ध चलिरहेका ती मुद्दालाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयबाट फिर्ता लिन निर्देशन दिइसकिएकाे छ ।

लामिछानेविरुद्ध काठमाडाैं, रुपन्देही र पर्सामा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणकाे मुद्दा पनि चलिरहेकाे थियाे ।

यी तीन जिल्लाबाहेकमा भने सहकारी ठगीसम्बन्धी मात्रै मुद्दा चलेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *